कुमारी बैंकले घटायो ब्याजदर
काठमाडौं। कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ।
बैंकले बिहीबार सूचना जारी गर्दै उक्त व्याजदर घटाएको छ। माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११% ब्याजदर दिने बैंकले जनाएको छ। योसँगै माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ।
कुमारी बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो। पुस महिनामा बैंकले अधिकतम ९.३१% ब्याजदर दिएको छ।
अब माघमा भने मुद्दति निक्षेपमा अधिकतम ८.११% र न्यूजतम ६.५०% मात्र ब्याज दिने भएको छ । अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.५०% निर्धारण गरेको छ।
प्रतिक्रिया
Facebook Comment