बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनलमा
काठमाडौं। बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए। अब फाइनलमा बार्सिलोनाको सामना रियल म्याड्रिडसँग हुने भएको छ । यस अघि रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई ५-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगिसकेको छ।
अब सुपरकोपाको फाइनल एल क्लासिको हुने भएको हो। फाइनल खेल जनवरी १४ मा हुँदै छ।
स्पेनिस सुपर कोपा ला लिगाको विजेता र उपविजेता तथा कोपा डेल रेको विजेता र उपविजेता खेल्ने गर्दछन्। यस सिजनमा रियल म्याड्रिड कोपा विजेता र ला लिगाको उपविजेता भएकाले ला लिगाको तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले खेल्ने अवसर पाएको थियो।
Facebook Comment