कोपा इटालियाको सेमिफाइनलको समीकरण पूरा

डिसी नेपाल
२८ पुष २०८० ८:४०

काठमाडौं। कोपा इटालियाको सेमिफाइनलको समीकरण पूरा भएको छ। कोपा इटालियाको सेमिफाइनलमा फियोरेन्टिना, एटलान्टा, युभेन्टस र लाजियो पुगेका छन्।

क्वाटरफाइनलमा फियोरेन्टिनाले बोलोग्नालाई हराएको थियो भने लाजियोले रोमालाई पराजित गरेको थियो। त्यसति एटलान्टाले एसी मिलानलाई र युभेन्टसले फ्रोसिनोनेलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए।

अब सेमिफाइनलमा फियोरेन्टिनाले एटलान्टासँग र युभेन्टसले लाजियोसँग खेल्ने भएका छन्। सेमिफाइनल खेल होम एण्ड अवे गरी दुई लिग खेल हुने छन्। सेमिफाइनलको पहिलो लिग अप्रिल ३ मा र दोस्रो लिग अप्रिल २४ मा खेलिने भएको छ।

युभेन्टस अहिलेसम्म सबैभन्दा बढी पटक कोपा इटालिया जित्ने क्लब हो। युभेन्टसले अहिलेसम्म १४ पटक यो उपाधि जितेको छ। युभेन्टसले पछिल्लो पटक २०२१ मा कोपा इटालियाको उपाधि जितेको थियो।

त्यस्तै एएस रोमा र इन्टर मिलानले कोपा इटालियाको उपाधि ९-९ पटक जितेका छन्। इन्टर मिलान कोपा इटालियाको डिफेन्डिङ च्याम्पियन भएपनि यस बर्ष भने राउण्ड १६ बाटै बाहिरिएको थियो।

त्यस्तै लाजियोले ७ पटक, फियोरेन्टिना र नापोलीले ६-६ पटक यो उपाधि जितेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *