दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा भन्यो- ‘इजरायली नेतृत्व गाजाको विनाशको पक्षमा छ’
काठमाडौं । दक्षिण अफ्रिकी वकिलहरूले गाजालाई नष्ट गर्ने निर्देशन इजरायली शक्तिको शीर्षबाट आएको भन्दै अन्तर्राष्ट्रिय अदालतमा इजरायलविरुद्ध आरोप दायर गरेका छन्।
दक्षिण अफ्रिकाका वकिलहरूले इजरायलविरुद्ध नरसंहारको आरोप लगाएका छन्। दक्षिण अफ्रिकाले इजरायललाई गाजामा सैन्य कारबाही रोक्न आदेश दिन अदालतलाई आग्रह गरेको छ।
इजरायलले शुक्रबार यस मामिलामा आफ्नो रक्षा गर्नेछ। तर उसले यी आरोपलाई निराधार भनेको छ । यो संयुक्त राष्ट्र अदालतले यस मामिलामा आफ्नो राय मात्र प्रस्तुत गर्नेछ।
दक्षिण अफ्रिकाको उच्च अदालतका वकिल टेम्बका एनकुकाइतोबीले आईसीजेमा भनेका छन् – इजरायलले जसरी आफ्नो सैन्य अभियान चलाइरहेको छ त्यसले उसको ‘नरसंहारको उद्देश्य’ स्पष्ट पार्छ।
प्रतिक्रिया
Facebook Comment