गुरपतवन्त सिंह पन्नु मुद्दा: अमेरिकी अदालतले निखिल गुप्तालाई प्रमाण दिन अस्वीकार गर्‍यो

डिसी नेपाल
२८ पुष २०८० ११:०३

काठमाडौं । खालिस्तान समर्थक पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नुको हत्याको षड्यन्त्र रचेको आरोपमा पक्राउ परेका निखिल गुप्तालाई अमेरिकी अदालतले उनीमाथि लगाइएको आरोपको प्रमाण दिन अस्वीकार गरेको छ।

गुप्ता न्युयोर्कको अदालतमा हाजिर भएपछि मात्रै आफूले प्रमाण दिने न्यायाधीशले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार संयुक्त राज्यका जिल्ला न्यायाधीश भिक्टर मारेरोले निखिल गुप्ताका वकिलहरूले दायर गरेको याचिका खारेज गर्दै यस्तो आदेश दिएका हुन्।

यसअघि अदालतले संघीय सरकारलाई माघ २४ गते दायर गरेको यस निवेदनमा जवाफ दिन निर्देशन दिएको थियो । यसका लागि अदालतले सरकारलाई तीन दिनको समय दिएको थियो ।

निखिल गुप्तालाई ३० जुन २०२३ मा चेक रिपब्लिकको राजधानी प्रागबाट पक्राउ गरिएको थियो । हाल उनी त्यहीँ जेलमा छन् । अमेरिकी सरकारले उनलाई सुपुर्दगी गर्ने प्रयास गरिरहेको छ ।

नोभेम्बर २०२३ मा, सरकारले गुप्तालाई भारत सरकारका एक अधिकारीसँग मिलेर अमेरिका र क्यानडाको दोहोरो नागरिकता भएका गुरपतवन्त सिंह पन्नुको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *