चीनले म्यानमारको सेना र विद्रोही समूहबीच शान्ति वार्ता गरायो

डिसी नेपाल
२८ पुष २०८० ११:०७

काठमाडौं । चीनको विदेश मन्त्रालयले म्यानमारको सत्तारुढ सैन्य शासन र थ्री ब्रदरहुड एलायन्स नामक सशस्त्र विद्रोही समूहबीच शान्ति वार्तामा मध्यस्थता गरेको जनाएको छ।

बेइजिङले दुवै पक्ष युद्ध रोक्न र वार्ताबाट विवाद समाधान गर्न सहमत भएको बताएको छ। विद्रोही समूहका एक नेताले अस्थायी युद्धविरामको पुष्टि गरेका छन् ।

यद्यपी यस विषयमा सैनिक सरकारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

चीनको दक्षिणी सहर कामिङमा भएको बैठकमा सहभागी एक स्रोतले युद्धविराम उत्तरी शान क्षेत्रका लागि मात्रै भएको बताएको छ ।

पछिल्लो समय विद्रोही समूहले जसरी आक्रमण गर्दै आएका छन्, त्यसले सैन्य शासनका लागि ठूलो चुनौती खडा गरेको छ ।

म्यानमारमा २०२१ मा जननिर्वाचित सरकारलाई ध्वस्त पारेर सेना सत्तामा आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *