अन्तर्राष्ट्रिय खेलाडीहरू बोकेर उडिरहेको विमानमा अक्सिजन आपूर्ति रोकिएर ‘विषाक्त’ ग्यास फैलिएपछि…

डिसी नेपाल
२८ पुष २०८० १६:५५

काठमाडौं । अन्तराष्ट्रिय खेलाडीहरू बोकेर उडिरहेको विमानमा यात्राको क्रममा अक्सिजनको आपूर्ति अचानक बन्द भयो। जसका कारण विमानमा केही समय अस्तव्यस्त अवस्था भएको थियो । यसपछि विमानका पाइलटले धैर्यताका साथ विमानलाई आपतकालीन अवतरण गर्नुपरेको थियो ।

यो सम्पूर्ण घटना गाम्बियाको राष्ट्रिय फुटबल टोलीसँग भएको थियो। गाम्बियन टोली अफ्रिका कप अफ नेसन्स प्रतियोगितामा भाग लिन विमानबाट यात्रा गरिरहेको थियो। उडानको क्रममा गाम्बियाको राष्ट्रिय फुटबल टोली बोकेको विमानमा अचानक अक्सिजनको अभाव देखिएपछि विमानलाई आपतकालीन अवतरण गर्नुपरेको थियो ।

गाम्बिया फुटबल महासंघबाट एक विज्ञप्ति पनि आएको छ, जसमा बुधबार चार्टर्ड विमान नौ मिनेट हावामा बसेपछि राजधानी बाञ्जुल फर्किएको बताइएको छ। चालक दलले विमानमा प्राविधिक समस्या महसुस गरेपछि विमान फर्काइएको थियो ।

गाम्बियाका फुटबलरहरू आइभरी कोस्टमा जनवरी १३ बाट सुरु हुने अफ्रिका कप प्रतियोगितामा सहभागी हुन गइरहेका थिए । यो द्विवार्षिक प्रतियोगिताको ३४ औं संस्करण हो जुन गत वर्ष जुन र जुलाईमा खेल्ने तालिका थियो तर आइभरी कोस्टमा वर्षाको मौसमबाट बच्न स्थगित गरिएको थियो।

विमानमा उपस्थित गाम्बिया टोलीका बेल्जियम प्रशिक्षक टम सेन्टफिटले टोलीको ज्यान जोगिएको स्थानीय बेल्जियम नेटवर्क भिआरटीलाई बताए। उनले भने, ‘हामी सबैले कार्बन मोनोअक्साइडमा सास फेर्नुपर्‍यो, कतिपय खेलाडी अवतरणपछि पनि तुरुन्तै उठेनन् ।’ कार्बन मोनोअक्साइड एक विषाक्त ग्यास हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *