ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्धको काम गरे : रवि लामिछाने

डिसी नेपाल
२८ पुष २०८० १८:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका छन् ।

शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा सभापति लामिछानले चूनावमा पराजित भएकालाई चोरबाटोबाट राष्ट्रियसभामा ल्याउनका लागि ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्धको काम गरेको बताएका हुन् । शासनसत्तालाई आफ्नो मुठ्ठीमा राखेर गठबन्धन दलहरुले राष्ट्रपतिबाट चयन हुने राष्ट्रियसभा सदस्यमा पनि चूनाव हारेकालाई नै पठाउन खोजेको उनले बताए ।

लामिछानेले अहिलेको व्यवस्थामाथि खतरा र परिवर्तनमाथि प्रहार सत्तारुढ दलले नै गरेको आरोप लगाए । उनले ठूला–ठूला फाइल खोलेपनि आफ्ना मान्छेलाई जोगाउनका लागि फाइल नै बन्द गरेको जिकिर गरे ।

राजनीतिलाई सहि ठाउँमा ल्याउन योग्य इमान्दार युवाहरुलाई स्थान दिनुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *