एशियन कप: भारतमाथि अस्ट्रेलिया २-० ले विजयी
काठमाडौं । एएफसी एशियन कप फुटबल प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । समुह बी अन्तर्गत शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
अस्ट्रेलियाको जितमा ज्याक्सन इर्भिन र जोर्डन बोसले एक एक गोल गरेका थिए । यो जितपछि अस्ट्रेलियाले समुह बि मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल सिरियासँग बिहिबार खेल्ने छ भने भारतले अर्को खेल उज्वेकिस्तानसँग विहिबार नै खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया
Facebook Comment