प्यालेस्टिनी जनताको समर्थनमा लण्डनमा हजारौं मानिसको जुलुस
काठमाडौं । प्यालेस्टिनी जनताको समर्थनमा मध्य लन्डनमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । यो नयाँ वर्षको सबैभन्दा ठूलो प्रदर्शन हो।
प्यालेस्टिनी जनताको समर्थनमा विश्वका ३० देशमा प्रदर्शन भइरहेको आयोजकले बताए । प्रदर्शनकारीहरूले गाजामा तत्काल पूर्ण युद्धविरामको माग गर्दै ‘अब युद्धविराम’ नारा लगाएका थिए।
गाजामा बाल शरणार्थी समस्यामा ध्यानाकर्षण गर्दै प्रदर्शनकारीहरूले लिलित अमल नामक सिरियाली बाल शरणार्थीको विशाल पुतलाको साथ मार्च गरिरहेका थिए।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
प्रतिक्रिया
Facebook Comment