प्रधानमन्त्री कपमा कर्णाली प्रदेशको विजयी सुरुवात
काठमाडौं। जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ।
आइतबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
गण्डकी प्रदेशले दिएको १२३ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ३३।२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउदै १२२ रन बनाएको थियो । मौसम खराब भएका कारण यो खेल ४५-४५ ओभर खेलाइएको थियो ।
यो जितपछि कर्णालीले २ अंक हासिल गरेको छ । त्यस्तै गण्डकी प्रदेशले भने लगातार दोस्रो हार बेहोरेको छ । अब कर्णालीले मंगलबार सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले विहिबार सुदूरपश्चिम प्रदेशकै सामना गर्ने छ ।
Facebook Comment