इमरान खानको पार्टीको चुनाब चिन्ह ‘ब्याट’ सर्वोच्च अदालतले खोस्यो

डिसी नेपाल
२९ पुष २०८० १६:३२

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले निर्वाचन आयोगको अपिलमा पेशावर उच्च अदालतको निर्णयलाई खारेज गर्दै पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को चुनाव चिन्ह ‘ब्याट’ बार्टीलाई दिने आदेश रद्द गरेको छ।

पाकिस्तानमा अर्को महिना हुन लागेको आम चुनावअघि सर्वोच्च अदालतको यो निर्णय इमरान खानका लागि ठूलो झट्का हो ।

डिसेम्बर २२ मा, निर्वाचन आयोगले इमरान खानको पार्टीलाई दिइएको ब्याट चुनाव चिन्ह रद्द गर्ने निर्णय गरेको थियो। पार्टीले संविधान र कानुनबमोजिम आन्तरिक निर्वाचन नगरेको भन्दै आयोगले यस्तो निर्णय गरेको हो ।

त्यसपछि पीटीआईले निर्वाचन आयोगको निर्णयलाई पहिले लाहोर उच्च अदालत र त्यसपछि पेशावर उच्च अदालतमा चुनौती दिएको थियो।

सर्वोच्च अदालतले आफ्नो फैसलामा भनेको छ, ‘एउटै मुद्दालाई दुई उच्च अदालतमा कसरी चुनौती दिन सकिन्छ ?’

प्रधानन्यायाधीश काजी फैज इसाको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले शनिबार राति ११ बजे सर्वसम्मतिले पाँच पृष्ठको संक्षिप्त फैसला सुनायो।

प्रधानन्यायाधीशले यस मुद्दाको विस्तृत निर्णय पछि जारी गरिने बताए।

यसअघि यस मुद्दामा सबै पक्षको बहस सुनेपछि अदालतले आफ्नो फैसला शनिबार राति मात्रै सुनाउने बताएको थियो ।

किनभने निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारलाई चुनाव चिन्ह बाँडफाँड गर्ने अन्तिम मिति शनिबार सकिँदै थियो ।

प्रधानन्यायाधीशले आफ्नो निर्णयमा भने “निर्वाचन आयोगले पीटीआईलाई २०२१ मा पार्टीको आन्तरिक चुनाव गराउन भनेको थियो। त्यतिबेला पार्टी सत्तामा थियो, त्यसैले भेदभाव भयो भन्न मिल्दैन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *