दुर्घटनाका घाइतेलाई सहयोग गर्नुको सट्टा खल्तीबाट डेढ लाख रूपैयाँ चोरियो, घाइतेको अस्पतालमा मृत्यु
काठमाडौं । भारतको उत्तर प्रदेशको आगरा जिल्लामा सडकमा मोटरसाइकल दुर्घटनामा परेका एक व्यापारीको खल्तीबाट १.५ लाख रुपैयाँ लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यो लज्जास्पद घटना जनवरी ९ मा व्यापारी धर्मेन्द्र मथुराबाट आगरा फर्किंदै गर्दा भएको थियो । दुर्घटना हुँदा घाइतेलाई सहयोग गर्नुको सट्टा नजिक भएका व्यक्तिले उनीबाट पैसा लुटेका थिए ।
तर, पछि उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो । सोही क्रममा त्यसको भिडियो भाइरल भएपछि प्रहरी पनि कारबाहीमा आयो र धर्मेन्द्रको गोजीबाट पैसा निकाल्ने तीन जनालाई पक्राउ गरेको छ ।
हरिपर्वत क्षेत्रका एसीपी आदित्य कुमार सिंहले भनेअनुसार तीन अभियुक्तको पहिचान आकाश, प्रवीण र राकेशको रूपमा गरिएको छ।
तीनैजनाको साथबाट करिब ९ हजार नगद, एटीएम कार्ड, आधार कार्ड र डायरी बरामद भएको छ । मृतक धर्मेन्द्रको परिवारले धर्मेन्द्रसँग करिब डेढ लाख रुपैयाँ रहेको आरोप लगाएका छन् ।
यो घटना गत मंगलबारको हो । आगरा-दिल्ली राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आएको ट्रकले करिब २० सवारी साधनलाई ठक्कर दिँदा मोटरसाइकलमा मथुराबाट घर फर्किरहेका व्यवसायी धर्मेन्द्रसहित तीन जनाको मृत्यु भएको छ। धर्मेन्द्रको परिवारका अनुसार उनीसँग करिब १.५ लाख रुपैयाँ नगद भएको झोला थियो।
यसपछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । जसमा भीडले गम्भिर घाईते धर्मेन्द्रकुमार गुप्ता (४६) बाट १.५ लाख नगद लुटेको देखियो । यो भिडियोले पुलिसको ध्यानाकर्षण पनि गर्यो र उनीहरूले यस विषयमा एफआईआर दर्ता गरे।
धर्मेन्द्रका भाइ महेन्द्रले आफ्नो दाजु मथुराबाट घर फर्कदै गरेको बताए । उनले दाजुसँग डेढ लाख रुपैयाँ रहेको बताए । महेन्द्रले भने, ‘धर्मेन्द्र घर नफर्केपछि हामीले उनको खोजी गर्यौं र क्षतिग्रस्त मोटरसाइकल फेला पार्यौं । उनको झोला नजिकै खुला थियो तर त्यसमा पैसा थिएन । उनको पर्स पनि हराएको थियो । परिवारले प्रहरीलाई बोलाएपछि धर्मेन्द्रलाई अस्पताल लगिएको थाहा पाए, जहाँ उनलाई मृत घोषित गरिएको थियो । अहिले यस विषयमा कारबाही भइरहेको छ ।
Facebook Comment