टुँडिखेलमा अत्यधिक भीड, च्यापिएर ८ जना घाइते

डिसी नेपाल
१ माघ २०८० १६:५८

काठमाडौं । माघे संक्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा अत्यधिक भीड बढ्दा ८ जना घाइते भएका छन् ।

सोमबार मगर समुदायको माघेसंक्रान्ति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *