धोनीविरुद्ध कसले दायर गर्यो मानहानीको मुद्दा ?

डिसी नेपाल
४ माघ २०८० १२:२०

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीविरुद्ध उनका दुई पूर्व व्यापार साझेदारले मानहानीको मुद्दा दायर गरेका छन् ।

यो मुद्दा दिल्ली उच्च अदालतमा दर्ता भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार न्यायमूर्ति प्रतिभा एम सिंहले यो मानहानि याचिकाको सुनुवाइ १८ जनवरीमा गर्नेछिन्।

यो मुद्दा धोनीका पूर्व व्यापार साझेदार मिहिर दिवाकर र सौम्य दासले दायर गरेका हुन् ।

आफूमाथि लगाइएको आरोपले आफूलाई बदनाम गरेको ती व्यक्तिहरू बताउँछन् ।

यसअघि धोनीका वकिलहरूले दुवैविरुद्ध १५ करोड रुपैयाँको ठगीको मुद्दा दायर गरेका थिए।

आर्का स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीविरुद्ध यो मुद्दा दर्ता भएको हो । यस कम्पनीका निर्देशक सौम्या र मिहिर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *