एनआइबीएल स्टेबल फन्डले आवेदन म्याद थप गर्‍यो

डिसी नेपाल
५ माघ २०८० १०:१८

काठमाडौं। एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप गरिएको छ।

फण्ड निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ १६ गतेसम्मका लागि आवेदन दिने समय अघि सारिएको हो। अब लगानीकर्ताले यसमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन्। एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि यस म्युचुअल फन्ड बिक्री खुला गरेको हो।

एनआइबीएल स्टेबल फन्डले कुल १० करोड इकाई बिक्री खुला गरेको हो। जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ।

यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यो बन्दमुखी योजना हो। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *