एशिया कपमा भारतको लगातार दोस्रो हार
काठमाडौं। भारतले जारी एशिया कपमा लगातार दोस्रो हार बेहोरेको छ। गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा उज्बेकिस्तानले भारतलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
उज्बेकिस्तानको जितमा अब्बोसबेक फाय्जुल्लेभ, इगोर सेर्गीभ र शेर्जोद नस्रुल्लाएभले एक एक गोल गरेका थिए।
यो जितपछि उज्बेकिस्तानको २ खेलमा ४ अंक भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै भारतले भने लगातार दोस्रो हार बेहोरेर समुहमा पुछारमा रहेको छ । अब यो हारसँगै भारत दोस्रो राउण्डको दौडबाट पनि बाहिरिएको छ।
अब भारतले अर्को खेल आगामी मंगलबार सिरियासँग खेल्ने छ । त्यस्तै उज्बेकिस्तानले अर्को खेल मंगलबार नै अस्ट्रेलियासँग खेल्ने छ।
प्रतिक्रिया
Facebook Comment