राज्यले मधेशी समूदायमाथि विभेद गरिरहेको छ : महन्थ ठाकुर

डिसी नेपाल
५ माघ २०८० १७:२०

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेशी समूदायमाथि विभेद गरिरहेको बताएका छन् ।

१७ औ वलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक वुद्धिजिवी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेशी समूदायमाथि विभेद गरिरहेको बताएका हुन् । उनले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेशी समूदायमाथि दमन गर्ने गरेको जिकिर गरे । अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेशमा कम बजेट विनियोजन गरेको धारणा राखे । उनले मधेशी समूदायको हक अधिकार स्थापित गर्नका लागि आन्दोलन निरन्तर रहेको उल्लेख गरे ।

२०६३ माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । त्यसैको सम्झनामा मधेशकेन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *