गायक समिर थापाको ‘किन न बोलेकी’ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । नेपाली साङ्गितिक बजारमा नेपाली गित संगीतले फड्को मारीरहेको अवस्थामा फरक स्वाद र मौलिक गाउघरको कथा बोकेको गित ‘किन न बोलेकी’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
समिप इन्टरटेन्मेनले बजार व्यवस्थापन गरेको उक्त भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप सैलिमा रहेको गितमा समिर थापाको आवाज रहेको छ भने छायान्कन मिलन शंकर ,सम्पादन नकुल खड्काको रहेको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन । त्रीकोणात्मक प्रेमकथा बोकेको यस गितको छायांकन पोखराको आसपासमा रहेको सुन्दर बस्तीहरुमा गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment