कांग्रेसको पछि नलागे माओवादी राष्ट्रिय पार्टी बन्न सक्दैन : एमाले महासचिव पोखरेल

डिसी नेपाल
५ माघ २०८० १८:२४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको पछि नलाग्ने हो भने माओवादीलाई राष्ट्रिय पार्टी बन्न होडवाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले अहिले माओवादी आन्दोलन ओरालो लागेको भन्दै कांग्रेससंगै हिड्न तयार नभए राष्ट्रिय पार्टी बन्न माओवादीलाई होडवाजी गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले माओवादी नेतृत्वको सरकारले राष्ट्रिय चूनौतिलाई सामना गर्न नसकेको भन्दै शसक्त रुपमा जनताका बिचमा जानुपर्ने अवस्था देखिएको धारणा राखे । उनले प्रधानमन्त्रीले नै छिमेकीहरुका लागि कम्र्फटेबल हुने बताइरहेको भन्दै राष्ट्रिय हितका प्रश्नमा लम्पसारवादी नीतिलाई अवलम्वन गर्ने काम सत्तापक्षबाट भइरहेको तर्क गरे ।

उनले एमालेको सरकारलाई षढयन्त्रपूूर्ण ढंगले हटाएपछि मुलुकको विकास र समृद्धिको काम ठप्प भएको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *