प्रभु बैंकको खुदनाफा घट्यो
काठमाडौं। प्रभु बैंकको खुदनाफा घटेको छ। बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा यसको नाफा प्रभावित भएको हो ।
पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा २.९२ प्रतिशतले बढेर ४.९० प्रतिशत पुगेको बैंकले जनाएको छ। अघिल्लो वर्ष ४२ करोड ६७ लाख ४९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब २५ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ पुगेको छ।
सञ्चालन नाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ। प्रभु बैंकका अनुसार दोस्रो त्रैमाससम्ममा चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ।
वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले घटेर ६ रुपैयाँ १२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा छ ।
Facebook Comment