अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठामा वरूण चौधरी बिशेष अतिथि
अयोध्या। विश्वभरका हिन्दूहरूको बहुप्रतिक्षित राम मन्दिर प्राण प्रतिष्ठा साेमबार हुँदैछ। २२ जनवरी, २०२४ अर्थात् माघ ८ गते सोमबार दिउसो १२ः २० बजेको समयमा हुने प्राण प्रतिष्ठा कार्यक्रममा विश्वभरीका हिन्दु धर्मालम्बीको उपस्थिति हुने भएको छ।
सोही सन्दर्भमा निमन्त्रणा गरिएका विशेष अतिथिहरूमा नेपालका वरुण चौधरी पनि सहभागी हुने भएका छन्। आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा गरेको चौधरीलाई बिशिष्ट पाहुनाहरू प्रवेश हुने सुग्रिव किल्लाबाट प्रबेशको व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा नेपालका वरुण चौधरीको उपस्थितिले अन्तर्राष्ट्रिय महत्व बढेको जनाइएकाे छ। केही समय अघि उनले बागेश्वर बाबालाइ नेपाल ल्याएर हिन्दुहरूको ठुलो जमघट गराएका थिए।
अयोध्याको मुटुमा यस शुभ अवसरलाई मनाउने कार्यक्रमले भारत भित्र मात्रै होइन, विश्वभरका अनुयायीहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष निरज शाह बताउँछन्। उनि भन्छन्, ‘रामम मन्दिर प्राण प्रतिष्ठा समारोह भक्तहरूको लागि एक ऐतिहासिक क्षण हो, अयोध्यामा अवस्थित यस मन्दिरले हिन्दूहरूका लागि ठूलो धार्मिक र सांस्कृतिक महत्त्व राख्छ, र यसको निर्माण वर्षौंदेखि छलफल, विवाद र समाधानको केन्द्र बिन्दु भएको छ।’
राम मन्दिर प्राण प्रतिष्ठा समारोह हिन्दू समुदायको दृढताको प्रमाणको रूपमा रहने छ । विश्वभरका विभिन्न पृष्ठभूमिका हिन्दू व्यक्तिहरूलाई यस ऐतिहासिक क्षणमा साक्षी र भाग लिन एकसाथ निमन्त्रणा गरिएको छ। नेपालबाट करिव ३०० जनालाई निमन्त्रणा गरिएको वताईए पनि अन्य कसैको विशेष निम्तोको पहिचान भएको छैन।
Facebook Comment