छुट्टै प्यालेस्टाइन राज्य स्थापनाको लागि अमेरिकी दबाब इजरायलले मानेन

डिसी नेपाल
७ माघ २०८० १२:३९

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले सम्पूर्ण प्यालेस्टाइन क्षेत्रमाथि सुरक्षा नियन्त्रण कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

अमेरिका र अन्य देशबाट इजरायलमाथिको कथित दबाबलाई अस्वीकार गर्दै शनिबार नेतान्याहुको यो बयान आएको हो ।

यसअघि उनले इजरायलले ‘दुई देश’को सिद्धान्त स्वीकार नगर्ने वक्तव्य दिएका थिए । यसपछि नेतन्याहुले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका थिए ।

उक्त वार्तामा प्यालेस्टिनी क्षेत्रको भविष्यबारे छलफल भएको थियो । त्यसपछि बाइडेनले इजरायलले दुई-राज्य समाधानको विरोध नगर्ने बताए।

इजरायली प्रधानमन्त्रीको पछिल्लो वक्तव्यबाट गाजा युद्ध समाप्त भएपछि गाजा र वेस्ट बैंकमा स्थापना हुने शासन प्रणालीलाई लिएर उनको सरकार र अमेरिकाबीचको भिन्नता गहिरिँदै गएको देखिन्छ ।

यस क्षेत्रमा दीर्घकालीन राजनीतिक स्थायित्वका लागि इजरायल र प्यालेस्टाइन दुई देशको स्थापना आवश्यक रहेको अमेरिकाको विश्वास छ । तर ह्वाइट हाउसले भनेअनुसार अमेरिका र इजरायलका सरकारहरूले यस मुद्दालाई फरक दृष्टिकोणबाट हेरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *