बिहे गरेको भोलिपल्ट पाकिस्तानी क्रिकेटर शोएब मलिकले क्रिकेट मैदानमा इतिहास रचे
काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जासँग सम्बन्धविच्छेदपछि पाकिस्तानी क्रिकेटर शोएब मलिकले साना जावेदसँग विवाह गरेका थिए । विवाहको एक दिनपछि नै शोएबले क्रिकेट मैदानमा इतिहास रचेका छन् ।
शोएब मलिकले टी–२० क्रिकेटमा १३ हजार रन पूरा गरेका छन् । यस्तो गर्ने शोएब पहिलो एसियाली क्रिकेटर हुन् । शोएब हाल बंगलादेश प्रिमियर लिगमा फर्च्युन बारिशालबाट खेलिरहेका छन्। सोएबले रंगपुर राइडर्सविरुद्धको खेलमा १७ रनको इनिङ्स खेल्दै यो उपलब्धि हासिल गरेका हुन् ।
टी–२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान वेष्ट इण्डिजका क्रिस गेलको नाममा छ । गेलले ४६३ खेलमा १४५६२ रन बनाएका छन् । क्रिस गेलपछि शोएब मलिक (१३०१० रन) र किरोन पोलार्ड (१२४३० रन) छन्। भारतीय स्टार ब्याट्सम्यान विराट कोहली ११९९४ रन बनाएर यो एलिट सूचीमा चौथो स्थानमा छन् ।
Facebook Comment