न्यूजिल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै
काडमाडौं । दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकपमा आज नेपालले टेष्ट राष्ट्र न्यूजिल्याण्डसँग खेलिरहेको छ । आजको खेलमा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको छ ।
यु–१९ विश्वकपमा न्यूजिल्याण्डसँग अहिलेसम्म २ खेल खेलेको छ र दुवै खेल जितेको छ । यु–१९ विश्वकपमा यो नेपाल र न्यूजिल्याण्डबीच तेस्रो भिडन्त हो ।
नेपालले यु–१९ विश्वकपमा न्यूजिल्याण्डलाई पहिलो पटक २००६ मा कनिष्क चौगाइको कप्तानीमा हराएको थियो । यस्तै दोस्रो पटक २०१६ मा राजु रिजालको कप्तानीमा हराएको थियो ।
प्रतिक्रिया
Facebook Comment