प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित, कोशी २५ रनमा अलआउट
काठमाडौं। जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश २५ रनमा अलआउट भएको छ।
मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको १६८ रनको लक्ष्य पछाएको कोशी प्रदेश १५.२ ओभर मात्र खेल्दै २५ रन बनाएर अलआउट भएको हो।
कोशी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ८ रन बनाएका थिए भने चार खेलाडी शुन्यमा आउट भएका थिए।
कोशीको ब्याटिङ लाइन ध्वस्त गर्न गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले ६ विकेट लिएका थिए। त्यस्तै सन्दीप पराजुलीले ३ तथा अंकित न्यौपानले एक विकेट लिएका थिए।
यस अघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ४८।२ ओभरमा अल आउट हुदै १६७ रन बनाएको थियो । त्यस्तै कोशी प्रदेशका बलर अभ्यास तिम्सिनाले ६ विकेट लिएका थिए।
यो गण्डकी प्रदेशको पहिलो जित हो। गण्डकीले ४ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार छैटौं हार व्यहोरेको छ।
अब गण्डकी प्रदेशले अर्को खेल मंगलबार बागमती प्रदेशसँग त्रिवि मैदानमा खेल्ने छ भने कोशी प्रदेशले मंगलबार नै मुलपानी मैदानमा कर्णाली प्रदेससँग खेल्ने तालिका रहेको छ।
Facebook Comment