अयोध्या राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदै गर्दा राहुल गान्धीलाई मन्दिर जानबाट रोकियो

डिसी नेपाल
८ माघ २०८० ११:३७

काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई आसामको बटाद्रवा थान मन्दिर जानबाट रोकिएको छ ।

राहुल गान्धी भारत जोडो न्याय यात्रामा छन् र यो यात्रा हाल असममा छ। जहाँ कांग्रेस नेता राहुल गान्धी वैष्णव सन्त श्रीमन्त देवको स्थल बटाद्रवा थान मन्दिर जान चाहन्थे तर बाटोमै प्रहरीले राहुल गान्धीलाई रोकेका थिए ।

यस घटनाको एक भिडियो सार्वजनिक भएको छ जसमा राहुल गान्धी आफ्नो कारबाट बाहिर निस्केर पुलिसकर्मीलाई सोध्छन् कि उनलाई किन रोकिएको छ।

भिडियोमा गान्धीले भनेका छन्, “भाइ, के भयो ? के म गएर ब्यारिकेड हेर्न सक्छु? म किन मन्दिर जान सक्दिन? मन्दिर जान नपाइने ? मसँग अनुमति छ। मलाई मन्दिर प्रशासनले बोलाएको छ, म हात जोडेर भगवानको दर्शन गर्न चाहन्छु।”

घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी मन्दिर जान खोजिरहेका छौं। हामीलाई बोलाइएको थियो र अब हामीलाई जान दिइएन। हामी कुनै पनि कुरालाई जबरजस्ती गर्दैनौं, हामी यहाँ हाम्रो यात्रा गर्न आएका छौं, हामी केवल यसको कारण जान्न चाहन्छौं।’

राहुल गान्धीले अगाडि भने- “आज एउटा मात्र व्यक्ति (प्रधानमन्त्री नरेन्द्र मोदी) मन्दिर जान सक्ने देखिन्छ।”

आज अयोध्यामा रामललाको प्राण प्रतिष्ठाको कार्यक्रम हुँदैछ । यो कार्यक्रम १२.२० बजे सुरु हुनेछ।

यस अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् र एक दिनपछि मन्दिर सर्वसाधारणका लागि खोलिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *