अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान एयर एम्बुलेन्स भएको पुष्टी, ४ जना जीवित बाँचे

डिसी नेपाल
८ माघ २०८० १४:२२

काठमाडौं । अफगानिस्तानमा दुर्घटनाग्रस्त मस्को जाँदै गरेको विमान एयर एम्बुलेन्स भएको पत्ता लागेको छ । यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार जना बाँच्न सफल भएको र दुईजनाको बारेमा जानकारी सङ्कलन भइरहेको समाचारमा जनाइएको छ ।

मोरक्कन-रेजिष्टर्ड डसल्ट फाल्कन (डीएफ-१०) विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो र थाइल्याण्डबाट मस्को जाँदै थियो। जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बताइएको छ ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो । सुरुमा यो भारतीय विमान भएको खबर आएपनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो ।

गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४ः०२ बजे विमान उडेको थियो ।

रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित बेपत्ता भएको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *