अयोध्याको राम मन्दिर सर्वसाधारणका लागि खुला, दर्शनका लागि भीड
काठमाडौं । अयोध्याको राम मन्दिरमा रामललाको मूर्तिको अभिषेकपछि मंगलबार सर्वसाधारणका लागि मन्दिर खोलिएको छ ।
बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजनको भीड लागेको छ । मन्दिरको ढोका खुल्ने बित्तिकै मानिसहरु बीच पहिले भित्र जाने प्रतिस्पर्धा भयो।
प्राणप्रतिष्ठापछि आज बिहान राम मन्दिरमा पहिलो पटक आरती गरिएको छ । दर्शनका लागि मानिसको भीड लागेको छ र त्यसका लागि कडा सुरक्षा व्यवस्था गरिएको छ ।
सरयु नदीमा नुहाउन पनि ठूलो संख्यामा मानिसहरु आएका छन् । सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले रामलल्लाको अभिषेक गरेका थिए ।
यस अवसरमा देशका धेरै प्रतिष्ठित व्यक्तित्वहरू अयोध्या पुगेर समारोहमा सहभागी भएका थिए।
प्रतिक्रिया
Facebook Comment