रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने प्रतिस्पर्धामा ट्रम्प र निक्की हेली मात्र बाँकी, कसको पल्ला भारी ?

डिसी नेपाल
९ माघ २०८० १६:११

काठमाडौं । अब अमेरिकामा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नका लागि भारतीय मूलकी निक्की हेली र डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष प्रतिस्पर्धा छ ।

अब अमेरिकी राष्ट्रपतिको दौडमा रिपब्लिकन पार्टीबाट दुई जना मात्रै उम्मेदवार मैदानमा छन् । पहिलो नाम अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हो। दोस्रो नाम भारतीय मूलकी निक्की हेली हो ।

निक्की हेलीले यसअघि नै आफू यो अवसरको पर्खाइमा रहेको बताएकी छिन्, जब उनको डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भिडन्त हुनेछ ।

आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा निक्की हेलीले लेखेकी छिन्, “रिपब्लिकन पार्टीको मनोनयनको दौडमा १४ जना थिए। तर आज आधिकारिक रूपमा दुई व्यक्तिबीचको दौड भएको छ।”

अब हेली र ट्रम्पबीचको यो लडाइ धेरै अमेरिकी राज्यहरूमा लडिनेछ। यो लडाई हेलीले सोचे जस्तो नहुन सक्छ। किनभने यस दौडमा १४ जना थिए जसले एक एक गरेर मैदान छाडेका थिए र ती सबैले डोनाल्ड ट्रम्पलाई आफ्नो समर्थन दिएका थिए।

आयोवामा ट्रम्प विजयी हुँदा रोन डिसेन्टिस दोस्रो र निक्की हेली तेस्रो भए । अब मंगलबार न्यु ह्याम्पशायरमा मतदान हुँदैछ।

आयोवामा ट्रम्पको जितपछि विवेक रामास्वामीले पनि आफूलाई दौडबाट टाढा राखेका थिए।

उनले ट्रम्पलाई समर्थन गर्ने घोषणा पनि गरेका थिए । अब डिसान्टिसले पनि दौडबाट पछि हट्न स्वीकार गरिसकेका छन् । र, रामास्वामीजस्तै डिसेन्टिसले पनि ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन्।

फ्लोरिडाका गभर्नर डिसेन्टिसले निक्की हेलीको आलोचना गर्नका लागि आफ्नो अधिकांश ऊर्जा सुरक्षित राखेका थिए।

डिसेन्टिसले संयुक्त राष्ट्रका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलीलाई ‘पुरानो रिपब्लिकन पार्टीको प्रतिनिधि र कर्पोरेट जगतको एक रूप’ भनेर वर्णन गरे।

यो हमला निक्की हेलीको तस्बिरमाथि भएको थियो जसमा उनलाई एलिट क्लासले मन पराएको भन्दै वर्णन गरिएको छ ।

आयोवाको परिणामपछि डेसेन्टिस र उनको टोलीलाई दौडबाट नाम फिर्ता लिने निर्णय गर्न ६ दिन लाग्यो। तर उनले दौडबाट पछि हट्ने निर्णय गरेको समय र तरिकाले ट्रम्पको जित लगभग पक्का भएको छ।

डिसेन्टिसका समर्थकहरूबीच गरिएको सर्वेक्षणमा ट्रम्पलाई दोस्रो रोजाइको रूपमा राखिएको छ।

त्यसबेलादेखि डिसेन्टिसले नाम फिर्ता लिएमा ट्रम्पलाई सबैभन्दा बढी फाइदा हुने अनुमान गरिएको छ ।

यसै आइतवारको सीएनएन र युनिभर्सिटी अफ ह्याम्पशायरको पोलमा डिसेन्टिसका ६२ प्रतिशत समर्थकहरूले ट्रम्प आफ्नो दोस्रो रोजाइ भएको बताए। ३० प्रतिशतले मात्र निक्की हेली आफ्नो दोस्रो रोजाइ भएको बताए ।

यो दक्षिण क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीका लागि राम्रो समाचार होइन। हेली केही महिनादेखि न्यू ह्याम्पशायरमा जित्न आफ्नो ऊर्जा खर्च गरिरहेकी छिन्।

यदि उनले यहाँ जितिन् भने ट्रम्पविरुद्धको अभियानले गति लिने उनको विश्वास छ ।

सिद्धान्तको स्तरमा हेर्दा उनको रणनीति बलियो देखिन्छ । न्यू ह्याम्पशायरमा उदारवादी मतदाताहरूले ट्रम्पको सट्टा उनलाई समर्थन गर्न सक्छन्। यिनिहरूमा ठूलो संख्या ती समर्थकको छ जसले ट्रम्पको प्रतिज्ञाहरू लोभ्याउने खालका मात्र भएको विश्वास गर्छन्।

यस राज्यमा ३७ प्रतिशत स्नातकहरू छन् र यी मानिसहरूलाई हेलीको समर्थक मानिन्छ।

पछिल्ला केही महिनामा हेलीका समर्थकको संख्या बढेको छ । उनी ट्रम्पका विरोधीहरु माझ निकै चर्चित भैरहेकी छिन् ।

यसमा कुनै शंका छैन कि निक्की हेलीसँग डिसेन्टिस भन्दा धेरै सीप छ र दौडमा यो बिन्दुमा पुग्न हेलीले रोजेको बाटो ट्रम्पको विरोध गर्नु हो।

हेलीको भाषण र नीतिका आधारमा निक्की हेलीको अभियानलाई ट्रम्प युगअघि रिपब्लिकन पार्टीसँग जोडिएको छ ।

उनका सन्देशहरूमा अब परिस्थितिसँग सम्झौता गर्ने कुरा छैन। र उनले युक्रेन युद्धमा बढ्दो अमेरिकी संलग्नतालाई पनि समर्थन गर्छिन्।

यदि उनी न्यु ह्याम्पशायरमा ट्रम्पलाई हराउन असमर्थ भइन् भने उनले कहाँ अग्रता लिनेछिन् भनेर बुझ्न गाह्रो छ।

उनी आफ्नो राज्य साउथ क्यारोलिनामा पनि कमजोर देखिन्छिन् किनभने त्यहाँ डोनाल्ड ट्रम्प धेरै लोकप्रिय छन्।

त्यहाँ ट्रम्पलाई रिपब्लिकन पार्टीका आधाभन्दा बढी अधिकारीहरूको समर्थन छ।

रिपब्लिकन पार्टीमा ट्रम्पका विपक्षीहरूले सधैं भनेका छन् कि पार्टी भित्रका अधिकांश व्यक्तिहरू उनलाई पुन: निर्वाचित गर्न चाहँदैनन्। तर ट्रम्पलाई चुनौती दिनेहरू आफैं विभाजित थिए।

विज्ञहरू भन्छन् कि यदि ती विरोधीहरूले ट्रम्पको बिरूद्ध एक मात्र उम्मेदवारलाई समर्थन गर्न सकेका भए जित उनीहरूको हातमा हुने थियो। यो सिद्धान्त मंगलबार न्यु ह्याम्पशायरमा परीक्षण गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *