सूर्तीजन्य पदार्थ बोके नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा प्रवेश नदिइने

डिसी नेपाल
९ माघ २०८० १९:५५

नेपालगञ्ज । सूर्तीजन्य पदार्थ बोकेर प्रवेश गर्न खोजे नेपालगञ्ज उपमहानगरपालिकाले प्रवेशमा रोक लगाउने भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सुरुवाती चरणमा कार्यालयभित्र प्रवेश गर्नेलाई कडाइ गर्ने भएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई प्रवेशद्वारमा नगर प्रहरीले जाँच गर्ने र मुखमा सूर्तीजन्य पदार्थ खाइरहेको छ भने नजिक राखेको डष्टविनमा थुक्न लगाएर मुख कुल्ला गरेर भित्र पठाउने, गोजीमा राखेको छ भने फाल्न लगाउने रणनीति बनाइएको छ। कसैले सूर्तीजन्य पदार्थ बोकेर भित्र प्रवेश गरेमा सुरुमा चेतावनी दिइने र फेरि पनि फेलापरेमा एक सय रुपैयाँ जरिवाना गर्ने उपमहानगरले जनाएको छ।

नेपालगञ्जका मेयर प्रशान्त विष्टले सूर्तीजन्य पदार्थ रोकथामका लागि सुरुमा उपमहानगरपालिका कार्यालयभित्र आउनेलाई कडाई गर्न थालेको बताए। मेयर विष्टले चैत्रसम्म सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सचेतनामूलक कार्यक्रमहरु गर्ने र वैशाख १ गतेदेखि कारबाहीको चरणमा जाने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *