अफ्रिकी राष्ट्र मालीमा सुन खानी भत्किँदा ७३ जनाको मृत्यु

डिसी नेपाल
११ माघ २०८० १६:२०

काठमाडौं । अफ्रिकी देश मालीमा सुनखानी भत्किँदा ७३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि तत्कालै उद्धार कार्य सुरु गरिएको थियो, जुन अहिले रोकिएको छ । दुर्घटनामा मृत्यु भएका ७३ जनाको शव निकालिएको छ । माली सरकारले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।

समाचार एजेन्सीका अनुसार माली अफ्रिकाका अति गरिब देशहरूमा गनिन्छ। यहाँ सुनको बम्पर उत्पादन हुन्छ । मालीमा पहिरोका कारण खानी भत्किनु सामान्य कुरा हो । तर, लामो समयपछि यति ठूलो संख्यामा मृत्यु भएको छ । यहाँको खानीमा काम गर्ने मजदुरहरुले धेरै समस्या भोग्नु परेको छ ।

दुर्घटना पछि माली सरकारले एक विज्ञप्ति जारी गरी खानीमा काम गर्नेहरूलाई अपील गरेको छ। सरकारले खानीमा संलग्न कामदारलाई सुरक्षा सामग्री उपलब्ध गराउनु पर्ने बताएको छ ।

मालीको खानी क्षेत्रमा क्यानाडाको ब्यारिक गोल्ड, बीटुगोल्ड, अष्ट्रेलियाको रिजोल्युट माइनिङ, बेलायतको हमिङबर्ड रिसोर्सेसलगायत धेरै विदेशी कम्पनीहरूले कब्जा गरेका छन् । मालीमा वर्षौंको राजनीतिक अस्थिरताको बावजुद यी कम्पनीहरूले यहाँ खानी उत्खनन जारी राख्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *