सहकारीको रकम हिनामिना गरि फरार ढोरपाटनका मेयरविरुद्ध इन्टरपोलद्वारा रेड नोटिस जारी

डिसी नेपाल
१२ माघ २०८० १८:०१

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेट नोटिस जारी भएको छ।

ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर नेपालीविरुद्ध रेड नोटिस जारी गरेको हो।

रेड नोटिस जारी भएसँगै प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलका १९६ सदस्य राष्ट्रले अब नेपालीको खोजी गर्नेछन्। उनी भेटिएको अवस्थामा इन्टरपोलले पक्राउ गरेर नेपाल फिर्ता पठाउने छ।

बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ।

नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाही प्रहरीको खोजी सूचीमा रहेकोमा कोषाध्यक्ष लक्ष्मीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार ललितपुरको धोबिघाटबाट पक्राउ गरेको थियो।

सरिता तिमल्सेना (कँडेल)सहितको जाहेरीको आधारमा ८ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *