महिला विश्वकपः अर्जेन्टिनासँग बराबरीमा रोकियो बलियो जापान
एजेन्सी । फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिना जापानसँग गोलरहित बराबरीमा रोकिएको छ । समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना जापानसँग गोल बिनै रोकिएको हो ।
महिला विश्वकप फुटबलमा जापान बलियो टिम मानिन्छ । तर अर्जेन्टिनाले भने जापानसँग बराबरीमा रहेर महिला विश्वकपमा पहिलो अंक जोडेको हो। जापानले सन् २०११ म अमेरिकालाई पराजित गरेर उपाधि जितेको थियो । चार वर्षपछि अमेरिकाले बदला लिएको थियो र उपाधि जितेको थियो ।
यस्तै समूह ई अन्तर्गको खेलमा क्यानडाले क्यामरुनलाई १–० ले पराजित गरी प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
प्रतिक्रिया
Facebook Comment