हमास आक्रमणमा संलग्न भएको आरोपपछि बेलायतले राष्ट्रसंघको एजेन्सीको सहयोग रोक्यो
काठमाडौं । बेलायतले मध्यपूर्वमा प्यालेस्टिनी शरणार्थीहरूको लागि काम गर्ने संयुक्त राष्ट्र संघको राहत एजेन्सी युएनआरडब्लुए लाई सहयोग रोक्ने घोषणा गरेको छ।
इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा युएनआरडब्लुए कर्मचारी संलग्न रहेको आरोप लगाएको छ ।
युएनआरडब्लुएले आफ्ना धेरै कर्मचारीहरूलाई इजरायलमा हमलामा संलग्न भएको आरोपमा बर्खास्त गरेको घोषणा गरेको छ।
यूएनआरडब्ल्यूएको यो घोषणापछि बेलायतको यो निर्णय आएको हो ।
बेलायतले इजरायलले लगाएको आरोपबाट आफू स्तब्ध भएको बताएको छ । उसले इजरायलको आरोपको छानबिन गर्न आदेश दिएको छ।
यसअघि अमेरिका, अष्ट्रेलिया, इटाली र क्यानडाले राष्ट्रसंघीय निकायलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरिसकेका छन् ।
गाजामा इजरायलको आक्रमण सुरु भएदेखि, युएनआरडब्लुएले त्यहाँ लाखौं विस्थापित नागरिकहरूलाई सहयोग प्रदान गरिसकेको छ।
Facebook Comment