इटालीका जानिक सिनरले जिते अस्ट्रेलियन ओपनको उपाधि

डिसी नेपाल
१४ माघ २०८० २२:४०

काठमाडौं। विश्व नम्बर वरियतामा चौथो स्थानमा रहेका इटालीका जानिक सिनरले यस बर्षको अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

आइतबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न फाइनल खेलमा सिनरले

रसियाका डानिल मेडभेडेभलाई ३-२ को सेटमा पराजित गरेका हुन् । शुरुका २ सेट लगातार हार बेहोरेपछि सिनरले पछिल्ला ३ सेट लगातार जितेर उपाधि जितेका हुन् ।

२२ बर्षीय सिनरको यो क्यारियरको पहिलो ग्राण्ड स्लाम उपाधि हो ।

उनले यस अघि सेमिफाइनलमा विश्वका नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *