मलेसियामा ३ कलाकारसहित ३२ जना नेपाली पक्राउ

डिसी नेपाल
२८ जेठ २०७६ १२:१७

क्वालालम्पुर मलेसिया । सांगीतिक कार्यक्रमका लागि भनी मलेसिया आएका तीन कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक पक्राउ परेको नेपाली दूतावासले जनाएको छ।

उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयास्थित अध्यागमनको हिरासतमा राखिएको दूतावासले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *