मोनालिसाको पेन्टिङमा जलबायु कार्यकर्ताले सुप फाले

डिसी नेपाल
१५ माघ २०८० १०:०५

पेरिस। जलवायु परिवर्तनका अभियन्ताहरूले पेरिसको लुभ्र म्युजियममा रहेको मोनालिसाको चित्रकलालाई निशाना बनाएका थिए।

दुई महिला कार्यकर्ताले संग्रहालयमा रहेको चित्रकलाको अगाडिको गिलासबाट सुप फालेका छन् । सुरक्षालाई चकित पारेर दुवै महिला पेन्टिङको नजिक पुगेका थिए । यस घटनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुई महिलाले पहिले केही टाढाबाट पेन्टिङमा सुप फाल्छन् र त्यसपछि पेन्टिङको नजिक पुग्छन् ।

पेन्टिङमा सुप फालेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले पेन्टिङको अगाडि कालो पर्दा लगाएको भिडियोमा देखिन्छ । फ्रान्सेली समाचार संस्थाका अनुसार दुई कार्यकर्ता पेन्टिङको नजिक पुग्छन र फ्रान्सेली भाषामा कराएर भन्छन, ‘कुन चाँही महत्त्वपूर्ण छ, कला वा स्वस्थ तथा उपयुक्त खाद्य प्रणालीको अधिकार रु’

उनीहरुले फ्रान्सेली भाषामा भनेका छन्, ‘तपाईको कृषि प्रणाली खराब छ । हाम्रा किसान काम गर्दागर्दै मरिरहेका छन् ।’ यी दुवै कार्यकर्ता फ्रान्सेली संगठन रिपोस्टे एलिमेन्टेयरको प्रतिनिधित्व गरिरहेका थिए। पछि वातावरण र खाद्यान्नको स्रोतको आवश्यकतालाई उजागर गर्नका लागि यो विरोध गरिएको भन्दै जलवायु अभियन्ताले विज्ञप्ति जारी गरेका छन् ।

यसअघि पनि धेरै कार्यकर्ताहरूले जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन आर्टलाई निशाना बनाएका छन्। यसअघि मे २०२२ मा एक विरोध प्रदर्शनका क्रममा मोनालिसाको पेन्टिङको अगाडिको गिलास थिचिएको थियो । अक्टोबर २०२२ मा लन्डनको नेशनल ग्यालरीमा भिन्सेन्ट भान गगको सनफ्लावर चित्रकलामा पनि सूप फालिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *