सरूवा भएर २ दिनअघि मात्र पाटन उच्च अदालत पुगेका न्यायाधीशको निधन

डिसी नेपाल
१६ माघ २०८० १२:३०

काठमाडौं। न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । सरूवा भएर २ दिनअघि मात्र पाटन उच्च अदालत पुगेका न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन भएको हो।

मङ्गलवार बिहान ९ बजेतिर मरासिनीलाई स्वास्थ्यमा समस्या देखिएको थियो । त्यतिबेला उनी घरमै थिए । समस्या देखिएलगत्तै उनलाई अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा बिहान १० बजेको आसपासमा उनको निधन भएको हो । न्यायाधीश मरासिनी ५६ वर्षका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *