पाकिस्तानमा कट्टरपन्थी समूहले ५५ सैनिकको हत्या गरेको दाबी

डिसी नेपाल
१८ माघ २०८० १३:०४

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बलुच लिबरेसन आर्मीले माच र बोलान सहरमा रहेको सैन्य शिविरमा आक्रमण गरेको छ । बीएलएले माचमा भएको आक्रमणमा कम्तीमा ४५ सैनिक मारिएको दाबी गरेको छ भने पीर गाबमा १० शत्रु मारिएको बताएको छ ।

यससँगै बीएलएले दुवै शहर कब्जा गरेको दाबी गरेको छ । जबकि पाकिस्तानले यो दाबीलाई अस्वीकार गर्दै कुनै पनि सैनिकको मृत्युको खण्डन गरेको छ।

बीएलएले एक विज्ञप्ति जारी गर्दै अपरेशन दारा-ए-बोलान अन्तर्गत माच शहर र वरपरका क्षेत्रहरू विगत १५ घण्टादेखि नियन्त्रणमा लिएको जनाएको छ। यसबाहेक बीएलएको विशेष रणनीतिक अपरेशन स्क्वाडले यस क्षेत्रका सबै सडकलाई आफ्नो नियन्त्रणमा लिएको छ।

यति मात्र होइन, बलुचले धेरै सैनिकलाई बन्धक समेत बनाएका छन् । बलोचहरूले यी सहरहरूमा जताततै बारुदी सुरंगहरू राखेका छन् र पाकिस्तानी सेनालाई प्रवेश गर्नबाट रोकिरहेका छन्।

बीएलएले अपरेशन दारा-ए-बोलानका क्रममा चार बलूच कार्यकर्ताको पनि मृत्यु भएको बताएको छ। यी चार बीएलए मजिद ब्रिगेडका वफादार हुन्। बीएलएले बलुच युवाहरूलाई संगठनमा सामेल हुन अपील गरेको छ।

पाकिस्तानले भने यो दाबी अस्वीकार गरेको छ । बलुचिस्तान प्रान्तका सूचना मन्त्रीले भने ‘माचमा भएको आक्रमणमा हाम्रो सुरक्षा बलहरू मध्ये कोही पनि घाइते भएन तर सेनाले बलुचद्वारा गरिएको आक्रमणलाई सफलतापूर्वक विफल पारेको छ। यस अवधिमा कुनै पनि सैन्य स्थापना क्षति भएको छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *