आफ्नै पिताको टाउको काटेर भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ
काठमाडौं । अमेरिकी प्रहरीले बाबुको टाउको काटेको आरोपमा छोरालाई पक्राउ गरेको छ । बाबुको हत्यापछि छोराले टाउको काटेको प्रहरीले जनाएको छ । त्यसपछि उनले टाउको हातमा समातेर भिडियो बनाएर युट्युबमा पोस्ट गरे ।
एनबीसी न्यूजका अनुसार भिडियोमा छोराले आफ्ना बुबा २० वर्षदेखि संघीय कार्यकर्ता रहेको बताएका छन् । छोराले भनेका थिए – ‘उनी देशद्रोही थिए र सबै संघीय कार्यकर्ता मर्नु पर्छ।’
यो १४ मिनेटको भिडियोमा छोराले राष्ट्रपति जो बाइडेनविरुद्ध धेरै कुरा भनेका छन् । यस बाहेक उनले ब्ल्याक लाइभ्स म्याटर र एलजीबीटीक्यु समुदायको बारेमा पनि कुरा गरे।
तर, युट्युबले ६ घण्टापछि मात्र यो भिडियो हटायो । यो भिडियोलाई ५ हजार जनाले हेरिसकेका थिए । घटना जनवरी ३० मा भएको बताइएको छ । सोही दिन उनी पक्राउ पनि परेका थिए । प्रहरीले अहिले यो घटनासँग सम्बन्धित जानकारी सार्वजनिक गरेको छ ।
आरोपी छोराले मोहन्स मिलिसिया – कल टु आर्म्स फर अमेरिकन प्याट्रियट्स नामको भिडियो पोस्ट गरेका थिए। जसमा उनको हातमा रगतले भिजेको प्लाष्टिकको पञ्जा र बुबाको टाउको पोलिथिन झोलामा देखिएको थियो । पछि एउटा भाँडोमा टाउको देखियो ।
भिडियोमा आरोपितले आफूजस्ता पत्रकार र संघीय कार्यकर्तामाथि आक्रमण गर्न मानिसहरूलाई आग्रह गरिरहेका थिए । वामपन्थीका कारण अमेरिका पुरै सडिरहेको उनले बताए ।
जनवरी ३० मा ३२ वर्षीय जस्टिन माघनले पेन्सिल्भेनियास्थित आफ्नै घरमा बुबा माइकल माघनको हत्या गरेका थिए। उनको टाउको काटिएको थियो।
त्यसपछि उनी भागे। यस समयमा उनकी आमा डेनिस घरमा थिइनन्। जब उनी घर फर्किन्, उनले आफ्ना श्रीमान् माइकलको टाउको काटेको शव भुइँमा लडिरहेको भेट्टाइन्।
Facebook Comment