राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक : पौडेल

डिसी नेपाल
१९ माघ २०८० १३:५२

काठमाडाैं। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक भएको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले शुक्रबार तिलोत्तमामा आयोजना गरेको स्वर्गीय परमानन्द खरेल स्मृति खुल्ला फुटसल प्रतियोगीता उद्घाटन गर्दै पौडेलले कोशीमा एमाले ठूलो पार्टी भएको र अन्य सदस्यहरुले पनि मत दिएका कारण कोशीको एक सिटमा एमालेले बिजयी हासिल गरेको भन्दै उक्त नजिता स्वभाविक भएको बताएका हुन्।

कोशी प्रदेश प्रदेशमात्रै नभइ अन्य प्रदेशमा पनि एमालेको मतभार बढि देखिएकाले जनतामामात्रै नभई जनप्रतिनिधिहरुमाझ पनि एमालेको जनाधार बढ्दै गएको उनले बताए। त्यस्तै उनले वर्तमान सरकार समाजका लागि बोझ बनिसकेकाले बर्हिगमन अहिलको आवश्यकता भएको धारणा राखे।

पौडेलले सरकार परिवर्तनका लागि अहिले नै एमालेले कुनै प्रयास नगरेको र मिशस ८४ बाट एमालेलाई बहुमतका साथ सरकारमा पुराउने दावी गरे। खुल्ला फुटसल प्रतियोगीता शनिबार समापन हुने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *