मलेसियाका पूर्व प्रधानमन्त्री रज्जाकको जेस सजाय आधा घटाइयो
काठमाडौं । मलेसियाले पूर्वप्रधानमन्त्री निजाब रजाकको सजाय आधा घटाएको छ । उनलाई २०२० मा १२ वर्षको सजाय सुनाइएको थियो।
यसविरुद्ध उनले मलेसियाको सर्वोच्च अदालतमा अपिल गरेका थिए । यस अवधिमा उनी जेलबाहिर थिए । २०२२ मा सबै अपीलहरू अस्वीकार गरियो। उनी अगस्ट २०२२ देखि जेलमा छन्।
अब ६ वर्ष कैद भुक्तान गरेपछि उनी २०२८ मा बाहिर आउनेछन् । मलेसियाका पूर्वप्रधानमन्त्री निजाब रजाकलाई सरकारी कम्पनी १एमडीबीमार्फत करिब ४.५ हजार करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो ।
प्रतिक्रिया
Facebook Comment