गायक फिरोज बस्नेतको स्वरमा ‘नयनले खोजी’ बोलको गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
२० माघ २०८० १२:१९

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा करिब एक दशकदेखि गीत लेखन बिधामा सक्रिय गीतकार हिमांशु रायमाझी ‘गोधुली’को शब्दमा ‘नयनले खोजी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा पछिल्लो समय आफुलाई गायन बिधामा अब्बल सावित गरि सकेका गायक फिरोज बस्नेतको स्वर तथा सँगीत रहेको छ भने दिक्षित पौड्यालले सँगीत सँयोजन गरेका छन्।

गीतको भिडियो पनि गीत जति नै प्रेमिल र आकर्षक बनेको छ। भिडियोमा अनिमा बिश्वकर्मा, ईश्वर श्रेष्ठ,दिब्यान्स सिक्देल, सोरा कार्कीको अभिनय देख्न सकिन्छ।

भिडियोको छायांकन बिशाल थापाले गरेका हुन् भने भिडियो सम्पादन तथा कलरिङ्ग नकुल खड्काले गरेका हुन्। सुनिल बुडाथोकी सहायक निर्देशक रहेको भिडियोको निर्देशन दिलिप समनले गरेका हुन्।

समिप ईन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको गीत समिप ईन्टरटेन्मेन्ट युटुव च्यानलमा गएर हेर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *