सडकमा थुक्नेलाई ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म जरिवाना तिराइँदै

डिसी नेपाल
२१ माघ २०८० १४:२१

काठमाडौं । अब गुजरातको अहमदाबादमा सडकमा थुक्नु जनतालाई महँगो पर्नेछ। त्यस्ता व्यक्तिबाट महानगरपालिकाले जरिवाना उठाउनेछ र यसको शुरुवात पनि गरेको छ । अहमदाबाद नगर निगमले दुई दिनमा २८७ जनाबाट ३१ हजार रुपैयाँ जरिवाना असुलेको छ ।

अहमदाबाद नगर निगमका आयुक्तले सार्वजनिक स्थान वा भित्तामा थुक्ने र पान-मसाला खाएपछि थुक्नेहरूबाट जरिवाना असुल गर्न आदेश दिएपछि निगमका अधिकारीले धेरै मानिसहरूबाट जरिवाना असुल गरेका छन्।

सामान्यतया सडकमा हिँड्दा वा सवारी साधनमा हिँड्दा पान–मसाला खाएपछि मानिसले सडक वा भित्तामा थुकेर फोहोर फैलाउने गर्छन् । जसका कारण कुनै पनि सहर वा गाउँको सरसफाई कायम गर्न कठिन हुन्छ । तर त्यस्ता मानिसहरूलाई सुधार्न र सहरको सरसफाइ कायम राख्न गुजरातको अहमदाबादमा विशेष अभियान सुरु गरिएको छ।

अहमदाबाद म्युनिसिपल कर्पोरेशन कमिश्नर एम. थेन्नारसनले अधिकारीहरूलाई सार्वजनिक स्थानमा थुक्ने र फोहोर फाल्नेलाई जरिवाना तिर्न आदेश दिएका छन्। दुई दिनमा २८७ जनालाई पक्राउ गरी ३१ हजार जरिवाना असुलेको छ ।

अहमदाबाद म्युनिसिपल कर्पोरेशनको टोलीले फोहोर फैलाएमा ५० देखि १०० रुपैयाँसम्म जरिवाना लिइरहेको छ । सवारीसाधनमा यात्रा गर्ने व्यक्तिले सडकमा थुकेको पाइएमा ५० देखि ५ सय रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

कारबाही गर्दै फोहोरमैला व्यवस्थापन विभागको टोलीले पहिलो दिन अहमदावाद सहरका विभिन्न क्षेत्रबाट १ सय ५२ जना र दोस्रो दिन सार्वजनिक स्थानमा थुकेको १ सय ३५ जनालाई पक्राउ गरी जरिवाना गरेको छ ।

अहमदाबाद नगरपालिकाले सहरमा फोहोर फैलाउनेबाट पहिलो दिन १६ हजार र दोस्रो दिन १५ हजार रुपैयाँ जरिवाना असुलेको छ । अहमदावाद शहरलाई सफा राख्न नगरपालिकाले आगामी दिनहरूमा यो अभियानलाई अझ तीव्र बनाइनेछ।

अहमदाबाद शहरको एसजी हाइवे, नारानपुरा, नवरंगपुरा, वडज, मणिनगर, वेजलपुर, रानीप, पाल्दी, साबरमती, चाँदखेडा, नरोडा, बापुनगर, सैजपुर बोघा, चन्दलोडिया, आईआईएम रोड लगायतका क्षेत्रमा पान पसल नजिक सडकमा सार्वजनिक रूपमा उभिएर थुक्नेलाई कडा कारबाही हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *