खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका २ जना कोटेश्वरबाट पक्राउ

डिसी नेपाल
३१ जेठ २०७६ १९:५४

काठमाडौं । एक जना युवालाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका २ जना काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका छन्।

शुक्रबार सानेपाको प्रहरी टोलीले सुनसरी स्थायी घर भएका भई हाल काठमाडौंको कपनमा बस्दै आएका २२ वर्षीय राजु बर्देवा र २३ वर्षीय भोजकुमार बर्देवालाई पक्राउ गरेको हो।

उनले सुनसरी १७ धरान घर भई हाल धोबिघाट बस्ने धनजित राईलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी घाईते बनाएका थिए।

खुकुरी प्रहार गरेर भागेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खोजतलास गर्न प्रहरी निरीक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको सानेपाको प्रहरी टोलीले कोटेश्वरबाट नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *