सानो बजेटको ‘हनुमान’ ले ३०० करोड कमाएर राख्यो नयाँ रेकर्ड

डिसी नेपाल
२४ माघ २०८० ९:१४

मुम्बई। तेजा सज्जाको फिल्म ‘हनुमान’ रिलिज भएको एक महिना बितिसकेको छ । अचम्मत त यो छ कि यो फिल्मले बक्स अफिसमा अझै बलियो छ र करोडौं कलेक्सन गरिरहेको छ ।

सानो बजेटमा बनेको यो चलचित्रले महेश बाबु अभिनित चलचित्र ‘गुंटुर करम’ लगायत धेरै चलचित्रलाई बक्स अफिसमा पछि पार्दै ठूला नोट छापिरहेको छ । ऋतिक रोशन स्टारर फिल्म ‘फाइटर’को अगाडि ‘हनुमान’को कमाईमा गिरावट आएपनि यो फिल्म बक्स अफिसमा झुक्न तयार देखिएको छैन । उसो भए आउनुहोस् जानौं, ‘हनुमान’ ले रिलिजको २६ औं दिनमा कति करोड कमाएको छ ?

‘हनुमान’ एक तेलुगु सुपरहिरो फिल्म हो। यो चलचित्र यही संक्रान्तिमा हलमा रिलिज भएको हो । ‘हनुमान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ र योसँगै फिल्मले बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ । ‘हनुमान’ सिनेमाघरमा रिलिज भएको चार साता भइसकेको छ र यसले हरेक दिन करोडौंको कलेक्सन गरिरहेको छ ।

फिल्मको कमाईको कुरा गर्दा ‘ हनुमान’ ले पहिलो हप्तामा ८९।८ करोड कमाएको थियो । दोस्रो हप्तामा ‘हनुमान’ले ६०।६ करोड कमाएको थियो । तेस्रो हप्तामा ‘हनुमान’ले २९।९५ करोड कमाएको छ ।

यो फिल्म अहिले रिलिजको चौथो हप्तामा छ । ‘हनुमान’ ले रिलिजको चौथो शुक्रबार १।४५ करोड, चौथो शनिबार २।८५ करोड, चौथो आइतबार ४ करोड र चौथो सोमबार १।१८ करोड कमाएको छ । अब ‘हनुमान’ को रिलिजको चौथो मंगलबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार, हनुमानु ले चौथो मंगलबार अर्थात् रिलिजको २६ औं दिनमा १।१० करोड भारु कलेक्सन गरेको छ।
योसँगै ‘हनुमान’को २६ दिनमा कुल कमाई भारतमा १९०.९३ करोड पुगेको छ । ‘हनुमान’ ले देशमा मात्रै नभई विश्वभर बक्स अफिसमा हिट भएको छ । यो फिल्मले रिलिज भएको २६ दिन बितिसक्दा पनि विश्वभर करोडौं कलेक्सन गरिरहेको छ ।

ट्रेड एनालिस्ट मनोबाला विजयबलनले ‘हनुमान’को विश्वव्यापी कमाइको तथ्यांक साझा गरेकी छिन्, जसअनुसार तेजा सज्जाको फिल्मले रिलिज भएको २५ दिनमा विश्वभर ३०० करोडको आँकडा पार गरेको छ र योसँगै ‘हनुमान’ को कुल कलेक्सन अहिले रु ३००.२३ करोड पुगेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *