प्रकृति, पृथ्वी  र धर्मशाला 

बंशीकुमार शर्मा
२७ माघ २०८० ७:०७

पृथ्वी धर्मशाला हो। धर्मशालामा  यात्री, बटुवा, तीर्थालु लगायत सबलाई बस्ने अधिकार हुन्छ। धर्मशालामा प्रकृति प्रदत सबै बस्न पाउने अधिकार हुन्छ। तपाईं हामी मात्र यात्री हौं। यात्रीको अर्थ आउनु जानु हो। यात्रा शुरुवात गर्दा सबै समान हुन्छन्।

यात्री आउँदा, जाँदा, बस्दा गर्ने क्रियाकलापमा भर पर्दछ। यात्री कुनै कुनै उद्देश्यमा प्रेरित हुन्छ। उद्देश्य, विचार, सोचाई सबै यात्रीको समान नहुन सक्छ। यात्रीको उद्देश्य समान नभएकै कारण धर्मशालामा बास बस्न आएकाको चरित्र, सोचाइ, व्यवहार भिन्न भिन्न भएको हो। यात्रालाई कसरी व्यवस्थित गर्ने कुरा स्वयम् यात्रीमा भर पर्दछ।

यात्रा अवधिभर आफ्नो यात्रालाई  व्यवस्थापन गर्ने क्रममा यात्रीले आफ्नो कर्तव्यलाई बिर्सन हुँदैन। यात्रीले आउँदा जाँदा आफू बसोबास गर्ने धर्मशालाको संरक्षण गर्नु उसको दायित्व हो।

यात्रीले आफ्नो कर्तव्यलाई भुलेर आफू बसोबास गरेकै धर्मशालाको पर्खाल, ढोका, छाना भत्काउँदै हिँड्ने यात्रीलाई कस्तो संज्ञा दिने त्यस्ता यात्रीलाई तपाईं हामीले नै मुर्ख यात्रीको संज्ञा दिन्छौं। कतै तपाईं हामी पनि मुर्ख त छैनौ सोच्नु पर्ने भएको छ।

बास बस्ने यात्रीले त विद्यमान रहेको संरचनालाई संरक्षण गर्दै सहयोग पुर्‍याउने हो, तर संरक्षण र सहयोग पुर्‍याउनेको सट्टा यात्रीले विध्वंश गरिरहेका छन्। यात्रीले आफ्नो यात्रा भरि भोगेका व्यहोरिएका घटना, परिघटना तथा अनुभूतिहरुको संगालो नै ज्ञान हो।

ज्ञानलाई कुन रुपमा प्रयोग गर्ने भन्ने कुरा उसको विबेकमा भर पर्दछ उसले कस्तो ज्ञान प्राप्त ग¥यो या गर्न चाहेको छ। यी सबै यात्रीमा नै निर्भर गर्दछ।  यात्रीले आफ्नो यात्रालाई कुन रुपमा लैजाने उसको विबेकमा भर पर्दछ।

प्रकृति प्रदत्त बस्तु मान्छेका सृष्टि होइनन्। मान्छेले सूर्य पथ्वी चन्द्रमा केहि बनाएको छैन्, बनाउन सकेको छैन, बनाउन पनि बनाउदैन, मानिसलाई अत्यावश्यक पर्ने घाम, पानी, हावा केही नयाँ बनाउन सकेको छैन। मान्छेले प्रकृति हावा, पानी, घाम, ढुंगा, माटो, खनिज, हरियाली केही पनि बनाएको होइन।

यी बिना मानिस जीवित रहन सक्दैनन् तर मान्छे बिना प्रकृति र सृष्टि रहिरहन्छन्। कस्तो विडम्वना जो बिना मानिस एक छिन पनि जीवित रहन सक्दैन त्यसैको विनास मानिस स्वयम् आफैंले गरिरहेको छ। प्रकृतिले सृष्टि गरेका सबै प्राणिलाई बाँच्ने अधिकार छ। सबैको अस्तित्व आवश्यक छ।

सबैको अस्तित्व भएन भने संसार कुरुप हुने छ। त्यसबेला मानिसको अस्तित्व पनि समाप्त हुने छ। यस्तो जान्दा जान्दै पनि किन मानिसले प्रकृतिले प्रदान गरेका सम्पदाहरुलाई जथाभावी नष्ट गरिरहेका छन्। यसको वनोवट, संरचना र सन्तुलन बिगार्ने अधिकार कसैले पनि दिएको छैन। दिनु पनि हुँदैन। विकासको नाममा बिनास गर्दै जाने हो भने प्रकृतिले कतिसम्म पुर्‍याउने।

प्राणी जगतलाई प्राण दिने प्रकृति प्रदत्त सम्पदालाई प्राणी जगतकै सर्बश्रेष्ठ प्राणी मानवले नै विध्वंश गरिरहेका छन्। पशुपंक्षी, किटपतङ, हरियाली कसैले पनि आफ्नो कर्तब्य छोडेका छैनन्। कर्तब्य नै धर्म हो यी सबै धर्ममा अडेका छन्।

केवल आफ्नो  कर्तब्य र धर्म छोडने बुद्धि विबेक भएको मानिने मान्छे मात्र  हो। मान्छेले आफ्नो कर्तब्य भुलेर आफ्नो आयु आफैं छोट्याउँदै छ आफ्नो भाग्य आफै गुमाउँदै छ। यति मात्र नभएर मानवले  विश्वलाई प्रलयको संघारमा पु¥याएको छ यसमा सबै सचेत हुन जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *