भारतमा निर्माणाधिन भवन भत्किँदा ३ नेपालीसहित ५ जनाको मृत्यु, ५ गम्भीर

डिसी नेपाल
२६ असार २०७६ ८:४८

काठमाडौँ । भारतको बैँगलोरमा एक निर्माणाधिन भवन भत्किँदा ३ जना नेपाली सहित ५ जनाको ज्यान गएको छ ।

बैँगलोरको पुलकेशी नगरमा मंगलबार राति बन्दै गरेको भवन भत्किँदा अन्य ५ जना गम्भीर घाईते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त भवनमा १३ जना मजदुरहरुले काम गर्दै आएका थिए।

ज्यान गुमाउने नेपालीहरुमा भारतमा मजदुरी गर्न गएका बझाङ थलारा-२ का एकै परिवारका ३ जना परेको जनाईएको छ। उनीहरुको नाम भने खुलाईएको छैन ।

निर्माणाधिन भवन भत्किएसँगै भारत सरकारले उक्त घटनाबारे अनुसन्धान गरेर तत्काल सत्य तथ्य बाहिर ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *