आफ्नो करियरको अन्तिम विश्व कपमा फ्यानलाई रुवाउने यी खेलाडी
![आफ्नो करियरको अन्तिम विश्व कपमा फ्यानलाई रुवाउने यी खेलाडी](https://www.dcnepal.com/wp-content/uploads/2019/07/ICC_Cricket2195.jpeg)
एजेन्सी। आईसीसी विश्व कप २०१९ को यात्रा पूरा भएको छ। र, इंल्याण्डले विश्व च्याम्पियनको उपाधि आफ्नो नाम गरेर इतिहास रचेको छ। यो विश्व कपमा केही यस्ता खेलाडी पनि थिए, जो आफ्नो अन्तिम विश्व कप खेलिरहेका थिए। फ्यानलाई ती खेलाडीबाट धेरै आशा थियो। आफ्ना प्रिय खेलाडीले यो विश्व कपमा राम्रो खेल्छन् भन्ने उनीहरुको अनुमान थियो।
तर ती खेलाडीले फ्यानले अनुमान गरेजस्तो खेल्न सकेनन्। टीम इण्डियाका पूर्व कप्तान एमएस धोनीसहित केही खेलाडी यस्ता थिए जसले आफ्नो अन्तिम विश्व कपमा अपेक्षा गरे अनुसार खेल्न सकेनन्।
क्रिस गेल
वेस्टइण्डिजका ब्याट्सम्यान क्रिस गेलको यो अन्तिम विश्व कप थियो। उनले अन्तिम विश्व कपमा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको थियो। तर उनले राम्रो प्रदर्शन गर्न सकेनन्। विश्व कप सुरु हुनु भन्दा पहिला नै गेलले आईपीएलमा आफ्नो धमाकेदार ब्याटिङ गरेर राम्रो प्रदर्शन गर्ने संकेत गरेका थिए। उनका प्रशंसले विश्व कपमा पनि उनको ब्याट निकै चल्ने अनुमान गरेका थिए।
तर गेलले विश्व कपमा ९ खेलमा ३०.२५ को औसतमा मात्र २४२ रन बनाउन सके। यसमा उनले दुई अर्धशतक बनाए।न्युजिल्याण्ड विरुद्धको खेलमा गेलले ८७ र पाकिस्तान विरुद्धको खेलमा ५० रनको पारी खेले।
एमएस धोनी
टीम इण्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनीको पनि यो अन्तिम विश्व कप हुन सक्छ। धोनी यो विश्व कपमा खेल्छन् भन्ने निकै कम अनुमान थियो। उनका फ्यान भारतीय टीम विश्व कप जितेर धोनीलाई सम्मान पूर्वक विदाइ गरेको हेर्न चाहन्थे। तर त्यस्तो हुन सकेन। धोनीले राम्रै रन बनाएका भएपनि उनले राम्रो ब्याटिङ नगरेको भन्दै चर्को आलोचना भयो।
धोनीले यो विश्व कपमा १० खेलमा ४५.५० को औसतले २७३ रन मात्र बाउन सके। जसमा उनले दुई अर्ध शतक बनाए। यो क्रमा धोनीको स्ट्राइक रेट ८७.७८ रह्यो। यसमा धोनीको अफगानिस्तान विरुद्धको खेलमा ५२ बलमा २८ को पारी पनि समावेश छ। त्यसपछि उनको आलोचना सुरु भयो।
लसिथ मालिंगा
श्रीलंकाका तीव्र बलर लसिथ मालिंगाले पनि आफ्नो अन्तिम विश्व कप खेले। ३५ वर्षका मालिंगाले पहिला नै यो विश्व कपमा आफ्नो अन्तिम वनडे खेल्ने र आगामी वर्ष टी–२० को विश्व कप आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हुने बताएका थिए। मालिंकालागि यो विश्व कप खास हुन सकेन। इंल्याण्ड विरुद्ध भएको खेललाई छोड्ने हो भने विश्व कपमा उनले प्रभावित बनाउने कुनै खेल खेल्न सकेनन्। यो विश्व कपमा उनले ७ खेलमा २८.६९ को औसतले १३ विकेट लिए।
इमरान ताहिर
दक्षिण अफ्रीकाका सबै भन्दा सीनियर खेलाडी इमरान ताहिरका लागि यो विश्व कप उनको करियरको कालो अध्याय भन्दा कम भएन। किनभने यो विश्व कपमा उनको प्रदर्शन मात्रै होइन, उनको टीमको प्रदर्शन नै लज्जास्पद रह्यो। ४० वर्षका ताहिर विश्व कप भन्दा पहिला आईपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको दोस्रो नम्बरमा थिए। इमरान ताहिरले आफ्नो करियरको अन्तिम विश्वकपमा अष्ट्रेलिया विरुद्ध खेले। इमरान ताहिरले यो विश्व कपमा ९ खेलमा मात्र ११ विकेट लिए।
शोएब मलिक
पाकिस्तानका सबैभन्दा सीनियर खेलाडीले पनि अब क्रिकेटलाई बाइ बाइ भनिसकेका छन्। शोएब मलिकले विश्व कपमा भारत विरुद्ध आफ्नो करियरको अन्तिम खेल खेले। शोएब मलिकालागि पनि यो विश्व कप कुनै खराब सपना भन्दा कम रहेन। शोएश मलिकले विश्व कपमा तीन खेल खेले, जसमा उनले मात्र ८ रन बनाए भने एक विकेट लिए।द
Facebook Comment